Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै

२३ कार्तिक २०८१, शुक्रबार ०६:३४

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले  ‘दुर्गा’ राइड–शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले बताए।

दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ । यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्‍याउने प्रसाईको विश्वास रहेको छ ।

सो प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्