Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै

२३ कार्तिक २०८१, शुक्रबार ०६:३४

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले  ‘दुर्गा’ राइड–शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले बताए।

दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ । यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्‍याउने प्रसाईको विश्वास रहेको छ ।

सो प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्