Trending
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |    
समाचार

गण्डकी प्रदेशमा सिद्धार्थको सेवा विस्तार

२८ भाद्र २०८१, शुक्रबार १३:५१

२८ भदौ,काठमाडौं। सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरकाे ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ ।

सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो। सिद्धार्थ हस्पिटालिटीले दमौलीमा रहेको एपेक्सेस हस्पिटालिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो ।

दमौलीमा होटल सञ्चालनपछि जिल्लाका पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सिद्धार्थ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब एक अर्ब रुपैयाँ लगानी भएको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । उनले भने, ‘नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रियस्तरको सेवा, विश्वसनियता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।’

व्यास-२ स्थित नगरपालिकाको गेट अगाडि रहेको तीनतारे स्तरको होटल ग्रान्डसिटीमा ३४ कोठा छन् । होटलमा अल डे डाइनिङ रेस्टुरेन्ट, बार रेस्टुरेन्ट र सिद्धार्थ क्याफे छन् । होटलमा १५० क्षमताको ठूलो सेमिनार हलसहित २ साना सेमिनार हल छन् ।

प्रतिक्रिया दिनुहोस्