Trending
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ     |     इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण     |     यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली     |     ‘मिरमिरे’को शीर्ष गीतमा प्रकाश र सिर्जनाको छमछमी     |     जनमत, लोसपाका नेता सहित स्वतन्त्र अभियन्ताहरु समेत आजपामा प्रवेश गरे     |     टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न     |     भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप     |     प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट     |     बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा     |     निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह     |    
समाचार

गण्डकी प्रदेशमा सिद्धार्थको सेवा विस्तार

२८ भाद्र २०८१, शुक्रबार १३:५१

२८ भदौ,काठमाडौं। सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरकाे ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ ।

सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो। सिद्धार्थ हस्पिटालिटीले दमौलीमा रहेको एपेक्सेस हस्पिटालिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो ।

दमौलीमा होटल सञ्चालनपछि जिल्लाका पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सिद्धार्थ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब एक अर्ब रुपैयाँ लगानी भएको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । उनले भने, ‘नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रियस्तरको सेवा, विश्वसनियता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।’

व्यास-२ स्थित नगरपालिकाको गेट अगाडि रहेको तीनतारे स्तरको होटल ग्रान्डसिटीमा ३४ कोठा छन् । होटलमा अल डे डाइनिङ रेस्टुरेन्ट, बार रेस्टुरेन्ट र सिद्धार्थ क्याफे छन् । होटलमा १५० क्षमताको ठूलो सेमिनार हलसहित २ साना सेमिनार हल छन् ।

प्रतिक्रिया दिनुहोस्