Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ

२५ भाद्र २०८३, बिहीबार २०:५६

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनःस्थापना कार्य सुरु भएको बताउनुभएको छ।

 मन्त्री तिमिल्सिनाले बाढी प्रभावित जिल्लाका सबै पीडितलाई पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री तिमिल्सिनाका अनुसार सरकारले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले प्रभावितहरूलाई अस्थायी बसोबास वा आर्थिक प्याकेजमध्ये एक छनोट गर्न विकल्प दिएको छ। उहाँले भन्नुभयो, “भौतिक मन्त्रालयले बाढी प्रभावित जिल्लाका पालिकालाई विस्तृत विवरण भरेर पठाउन भनेको छ। त्यसमा के कति क्षति भएको हो? अस्थायी क्षेत्रमा बसोबास गर्नेकि आर्थिक प्याकेज लिएर आफैँ बस्ने भनेर रोज्न दिएको छ।”

अस्थायी बसोबास वा आर्थिक सहयोग लिनेहरूलाई स्थायी व्यवस्थापन नभएसम्म सरकारले सुरक्षित राख्ने मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो। सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरी प्रभावितहरूका लागि उपयुक्त क्षेत्रको खोजी गरिरहेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले पीडित परिवारलाई मनोपरामर्श दिएर होल्डिङ सेन्टरमा राखिएको बताउनुभयो। साथै, बाढीपछि फैलिन सक्ने सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सचेतनाका कार्यक्रमहरू अघि बढाएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्