Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ

२५ भाद्र २०८३, बिहीबार २०:५६

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनःस्थापना कार्य सुरु भएको बताउनुभएको छ।

 मन्त्री तिमिल्सिनाले बाढी प्रभावित जिल्लाका सबै पीडितलाई पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री तिमिल्सिनाका अनुसार सरकारले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले प्रभावितहरूलाई अस्थायी बसोबास वा आर्थिक प्याकेजमध्ये एक छनोट गर्न विकल्प दिएको छ। उहाँले भन्नुभयो, “भौतिक मन्त्रालयले बाढी प्रभावित जिल्लाका पालिकालाई विस्तृत विवरण भरेर पठाउन भनेको छ। त्यसमा के कति क्षति भएको हो? अस्थायी क्षेत्रमा बसोबास गर्नेकि आर्थिक प्याकेज लिएर आफैँ बस्ने भनेर रोज्न दिएको छ।”

अस्थायी बसोबास वा आर्थिक सहयोग लिनेहरूलाई स्थायी व्यवस्थापन नभएसम्म सरकारले सुरक्षित राख्ने मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो। सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरी प्रभावितहरूका लागि उपयुक्त क्षेत्रको खोजी गरिरहेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले पीडित परिवारलाई मनोपरामर्श दिएर होल्डिङ सेन्टरमा राखिएको बताउनुभयो। साथै, बाढीपछि फैलिन सक्ने सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सचेतनाका कार्यक्रमहरू अघि बढाएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्