Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने

२९ कार्तिक २०८१, बिहीबार ११:१९

काठमाडौँ। बेलायती अखबार द गार्डियनले सोसल मिडिया प्लाटफर्म ‘एक्स’ मा केही पनि सामग्री पोस्ट नगर्ने जनाएको छ ।

गार्डियनको सम्पादकीय टिमले एक्समा अबदेखि केही पनि पोस्ट नगर्ने निर्णय गरेको हो । सम्पादकीय टिमले आफ्ना सामग्री एक्समा पोस्ट नगरे पनि पाठकहरूले भने गार्डियनका सामग्री पोस्ट गर्न सक्ने जनाएको छ ।

‘हाम्रो पत्रकारितालाई अन्यत्र प्रबर्द्धन गर्न स्रोतहरू अझै राम्रोसँग प्रयोग गर्न सकिन्छ,’ गार्डियनले भनेको छ। पछिल्लो केही समयदेखि लगातार रूपमा आइरहेका कन्टेन्टहरू हेर्दा त्यसले नकारात्मकता बढी फैलाएको पनि गार्डियनको आरोप छ। अमेरिकी राष्ट्रपति चुनाव अभियानताका लामो समयदेखि विचार गरिएका कुराहरू नै बढी प्रचार भएको पनि गार्डियनले बताएको छ।

गार्डियनले यसबारेमा लामो समयदेखि विचार गरेर निर्णय लिएको पनि जनाएको छ । एक्समा प्राय:जसो अतिदक्षिणपन्थी प्रचारबाजी र नश्लवादसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गरिएको पनि गार्डियनले जनाएको छ ।

गार्डियनले अमेरिकी चुनावले समेत एक्सको नकारात्मकतालाई अझ प्रस्टसँग उजागर गरेको जनाएको छ । गार्डियनले लेखेको छ, ‘अमेरिकी चुनावले पनि यस कुरालाई पुष्टि गरेको छ कि एक्स एउटा टक्सिक प्लाटफर्म हो । यसका सञ्चालक इलन मस्कले राजनीतिक विमर्शलाई प्रभावित पार्न यसको प्रयोग गर्न सक्छन् । ‘

 

प्रतिक्रिया दिनुहोस्