Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
समाचार

झापामा दुई दिनमा दुई जनाको हत्या

२९ भाद्र २०८१, शनिबार ०२:४६

२९ भदौ,झापा। शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका-१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ। लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका-३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ।

लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए। छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

यसैगरी, शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्