Trending
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा     |     पेट्रोलियम पदार्थको मूल्य घट्यो     |     चौथो खेलमा नेपाल ए आसामसँग पराजित     |     नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो     |     चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन     |     कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान     |     यस्तो छ विदेशी मुद्राको विनिमय दर     |     सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली     |     “दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |    
विज्ञान र प्रविधि

शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक

३० कार्तिक २०८१, शुक्रबार १३:२३

काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ ।उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ ।

नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच र २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रहेका छन् ।

शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच (२२.५ वाट फास्ट चार्ज)
शाओमी पावर ब्याङ्क ४ आई. १०००० एम.ए.एच. फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ । २२.५ वाटको फास्ट चार्जिङ्ग र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पु¥याउँदछ ।

यो कम्प्याक्ट डिभाइस यु.यस.वी–ए र यू.स.बी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ । उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैँकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ ।

मुख्य फिचरहरूः
* ब्याट्री क्षमताः १०००० एम.ए.एच (३७ वाट आओर)
* इनपुट (टाइप–सी): ५ भोल्ट-३ एम्पियर, ९ भोल्ट-२.५ एम्पियर
* आउटपुट (टाइप–सी\–यु.एस.बी): २२.५ वाटसम्म
* डाइमेन्सनः १४.७८ ८ ७.३९ ८ १.५३ सेन्टीमिटर
* चार्जिङ्ग समयः ९ भोल्ट-२ एम्पियर चार्जरसहित लगभग ४ घण्टामा
शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच (३३ वाट सोनिक चार्ज)
अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ । दुईवटा १०००० एम.ए.एचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर ब्याङ्कले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्दछ । यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर ब्याङ्क स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङ्गको अनुमति दिन्छ । मजबुत निर्माण गुणस्तर र १२–लेयरको सेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैँक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ ।

मुख्य फिचरहरूः
* ब्याट्री क्षमताः २०००० एम.ए.एच (७४ वाट आओर)
* इनपुट (टाइप–सी): ३० वाटसम्म
* आउटपुट (टाइप–सी-यु.एस.बी–ए): ३३ वाटसम्म
* डाइमेन्सनः १५.०६ ८ ७.२२ ८ २.६३ सेन्टीमिटर
* चार्जिङ्ग समयः ९ भोल्ट-२ एम्पियर चार्जरसहित लगभग ६.९ घण्टामा
शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच (२२.५ वाटको साथ बिल्ट–इन केबल)
बिल्ट–इन टाइप–सी चार्जिङ्ग केबलसहित शाओमीको पकेट पावर ब्याङ्कले सुविधा र स्टाइल दुवै प्रदान गर्दछ । कम्प्याक्ट र शक्तिशाली यो १०००० एम.ए.एच पावर ब्याङ्कले २२.५ वाटसम्मको चार्जिङ्ग लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ । यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ ।

मुख्य फिचरहरूः
* ब्याट्री क्षमताः १०००० एम.ए.एच (३७ वाट आओर)
* इनपुटः २२.५ वाट
* आउटपुट (टाइप–सी÷यु.एस.बी–ए-बिल्ट–इन केबल): २२.५ वाटसम्म
* आयामः १०५.२ ८ २६.९ ८ ६५.२ मिलिमिटर
* चार्जिङ्ग समयः ९ भोल्ट-२.५ एम्पियर चार्जरसहित लगभग ३.५ घण्टा

बजार उपलब्धता
२२.५ वाटको फास्ट चार्जिङ्गसहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच रू.३,४९९ मा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच रू.४,९९९ मा उपलब्ध छ । त्यसैगर २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रू.४,२९९ मा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्