Trending
जापानकी पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने ताकाइची     |     ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला     |     बालुवाटारमा सर्वदलीय बैठक जारी     |     विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए     |     विपीनको राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा अन्त्येष्टि     |     कारको ठक्करबाट स्कुटर चालकको मृत्यु     |     ‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?     |     नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता     |     पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत     |     हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित     |    
विज्ञान र प्रविधि

डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

३० कार्तिक २०८१, शुक्रबार १३:२९

काठमाडौं। डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ।

शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका तर्फबाट उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए ।

आईजी कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्