Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन, ईभी प्रविधिमा फड्को

५ मंसिर २०८१, बुधबार ११:४६

५ मंसिर, काठमाडौं। विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले ३०औँ वार्षिकोत्सव अवसरमा आफ्नो एक करोड ईभी सियाओमी उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ ।

सो अवसरमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सन् १९९५ मा २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिब १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको बताए ।

१ करोड न्यू इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।

हालसालै सार्वजनिक भएको डेन्जा जेड नाइनसँगै कम्पनीले १० मिलियन युनिट कार उत्पादन गरेको हो । सुरुवातमा यो कम्पनीले चार्ज गर्न मिल्ने ब्याट्री उत्पादनमा काम गरेको थियो ।

सन् १९९८ अर्थात् स्थापनाको ३ वर्षमा नै कम्पनी संसारकै दोस्रो रिचार्जयवल ब्याट्री उत्पादन गर्ने कम्पनी बनेको छ । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बनेको छ ।

सन् २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको थियो । उत्पादन थालेको २१ वर्षमा नै १ करोड युनिट कार तयार पारेको हो । सुरुमा पेट्रोलियमबाट चल्ने कार बनाएको कम्पनीले सन् २००८ मा न्यू इनर्जी भेहिकल उत्पादन गरेको हो । बीवाईडीले सवारी साधनबाहेक ब्लेड ब्याट्री, डीएम हाइब्रिड सिस्टम, ई–प्ल्याटफर्म ३.० ईभो र डिसस सिस्टम जस्ता महत्त्वपूर्ण प्रविधिमा समेत उपलब्धि हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्