Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

६ मंसिर २०८१, बिहीबार ११:३३

काठमाडौँ। एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिनसक्ने भएका छन्। यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो ‘सधैँ अन प्याक’ मा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आवश्यकताअनुसार साटेर फाइदा लिनसक्ने भएका हुन्।

सधैँ अनमा ग्राहकहरूले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेको एनसेलले जनाएको छ। सेवा प्रयोग गर्दा डेटा सकेको तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सकिने एनसेलले बताएको छ। त्यस्तै बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिने छ।

यो सुविधा सधैं अनका ३ सय ९९, ४ सय ९९ र ५ सय ९९ रुपैयाँका प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’ मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सकिन्छ । त्यसैगरी १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सकिन्छ । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवालाई आवश्यक अनुसार साट्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्