Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

६ मंसिर २०८१, बिहीबार ११:३३

काठमाडौँ। एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिनसक्ने भएका छन्। यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो ‘सधैँ अन प्याक’ मा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आवश्यकताअनुसार साटेर फाइदा लिनसक्ने भएका हुन्।

सधैँ अनमा ग्राहकहरूले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेको एनसेलले जनाएको छ। सेवा प्रयोग गर्दा डेटा सकेको तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सकिने एनसेलले बताएको छ। त्यस्तै बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिने छ।

यो सुविधा सधैं अनका ३ सय ९९, ४ सय ९९ र ५ सय ९९ रुपैयाँका प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’ मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सकिन्छ । त्यसैगरी १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सकिन्छ । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवालाई आवश्यक अनुसार साट्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्