Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

७ मंसिर २०८१, शुक्रबार ०२:३५

७ मंसिर, काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आआजबाट भएका हुन्। विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

त्यस्तै, ‘अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।

हलले भने यो फिल्मलाई सीमित शो दिएका छन्।

प्रतिक्रिया दिनुहोस्