Trending
लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |     विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |     रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट     |     ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन     |     मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |    
कला र मनोरन्जन

तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक

२३ कार्तिक २०८३, आईतवार २०:४६

काठमाडौं। तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् ।

तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने संकेत गरेको छ ।

आगामी पुस २४ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् ।

गीतकार समेत रहेकी उनको यो पहिलो चलचित्र निर्देशन हो । पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् । चलचित्रको संगीत सुमन केसी र किरण कँडेलले दिएका छन् ।

त्यस्तै, छायांकन बिनोद बल, ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशक इलियास शेख, सहायक निर्देशक अनुजा अधिकारी, प्रोडक्सन म्यानेजर मनिष डीके र सुवास राई रहेका छन् । चलचित्रको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् ।

पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’मा राजीव समरको कोरियोग्राफी, राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ । प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेको छ । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्