Trending
लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |     विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |     रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट     |     ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन     |     मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने     |     दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल     |    
कला र मनोरन्जन

चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक

२३ कार्तिक २०८३, आईतवार २०:४६

काठमाडौं। हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

समीरको निर्देशनमा निर्माण भएको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ।

पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ।

पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गी देखिन्छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन्।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने चलचित्रले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन्‌। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।

चलचित्रमा विशाल कक्षपतिको छायाङ्कन रहेको छ भने अभिषेक कार्कीको सङ्गीत रहेको छ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन्। यसैगरी सियोन श्रेष्ठको कोरियोग्राफी र ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ।

चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन्। आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन्। सह–निर्माताहरूमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्