Trending
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |    
कला र मनोरन्जन

सनम कठायत र श्रीनूरको ‘मधुवन’ सार्वजनिक

७ मंसिर २०८१, शुक्रबार १२:३६

काठमाडौं। चर्चित गायिका प्रविशा अधिकारी र गायक राजु सेन्चुरीको स्वरमा रहेको ‘मधुवन’ बोलको गीत एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

बस्ती राई बगरको शब्द रहेको गीतमा गायक राजु सेन्चुरीले नै संगीत दिएका छन्। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, श्रीनूर सुवेदीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । कलाकार सनम र श्रीनूरले ‘तिमी रिसाउनु मै फकाउला’ मा पनि स्क्रिन सेयर गरिसकेका छन् । यो जोडीलाई दर्शकले निकै नै रुचाएका छन् ।

गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । नवराज उप्रेतीले भिडियोको छायांकन गरेका हुन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

उक्त भिडियोलाई चर्चित मोडल कैलाश कठायतले कोरियोग्राफर र निर्देशन गरेको छन् ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्