Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

७ मंसिर २०८१, शुक्रबार १३:३३

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

मङ्सिर ६ देखि माघ ६ गतेसम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स एवान/एटू, बी वानको निम्ती भुक्तानी आईएमई पे एप मार्फत गर्न सक्नेछन् ।

‘हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्तालाई आफ्नो उद्देश्यहरू पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’

प्रतिक्रिया दिनुहोस्