Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण

१५ मंसिर २०८१, शनिबार १५:३४

काठमाडौँ। रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ । कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।

रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रहहरू हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्