Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण

१५ मंसिर २०८१, शनिबार १५:३४

काठमाडौँ। रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ । कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।

रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रहहरू हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्