Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने

१६ मंसिर २०८१, आईतवार १४:२६

काठमाडौं। अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्यूआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउंदै छ।

आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ मा हाल ५ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

वालेट प्रयोग गर्नका लागि छुट्टै एप प्रयोग गर्नु नपर्ने सुविधा सहित कम्पनीले हाम्रो पेलाई हाम्रो पात्रो भित्रै उपलब्ध गराएको छ । एउटै एपमार्फत धेरै सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यो व्यवस्था मिलाएको हो ।

त्यस्तै ‘एम बैंक’ सहकारी क्षेत्रलाइै प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडि छ । यसको सिस्टममा हाल ५०० भन्दा बढी सहकारीमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्