Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार

१७ मंसिर २०८१, सोमबार १३:१३

१७ मंसिर,काठमाडौँ। नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ।

पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गतेदेखि २जी/४जी मोबाइल सेवा सञ्चालन गरिएको हो। जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्