Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन

१७ मंसिर २०८१, सोमबार १३:१८

एजेन्सी। जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस मेसिनलाई ‘मिराई निन्गेन सेन्ताकुकी’ अर्थात् भविष्यको मान्छे धुने मेसिन भनेर चिनाइएको छ ।

बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।

यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ ।

जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ) ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।

यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । सन् १९७० को एक्सपोको ‘लेगासी’ को रुपमा आफूहरूले नयाँ मेशिन ल्याउन लागेको हालै पत्रकारहरू समक्ष बोल्ने क्रममा आयोयामाले भनेका थिए ।

मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् । सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।

अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्