Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल

१७ मंसिर २०८१, सोमबार १५:०३

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौंमा शुरु भएको तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ सोमबार विभिन्न विषयमाथि वहस हुँदैछ ।

डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिभलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका हुन् ।

उद्घाटन शत्रलाई सम्बोधन गर्दै मगरले संविधानले प्रत्याभूत गरेका ब्यक्तिको अधिकारहरुलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औंल्याए ।

व्यक्तिको डाटालाई सुरक्षित राख्दै इन्टरनेटको प्रयोगलाई व्यापक र व्यवस्थित बनाइनु पर्ने भन्दै उनले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउने तर्फ सोच्नु पर्नेमा जोड दिए । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा झन्डै एक दर्जन प्यानलगत छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौती, एआईको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ ।

फेस्टिबलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्