Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल

१७ मंसिर २०८१, सोमबार १५:०३

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौंमा शुरु भएको तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ सोमबार विभिन्न विषयमाथि वहस हुँदैछ ।

डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिभलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका हुन् ।

उद्घाटन शत्रलाई सम्बोधन गर्दै मगरले संविधानले प्रत्याभूत गरेका ब्यक्तिको अधिकारहरुलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औंल्याए ।

व्यक्तिको डाटालाई सुरक्षित राख्दै इन्टरनेटको प्रयोगलाई व्यापक र व्यवस्थित बनाइनु पर्ने भन्दै उनले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउने तर्फ सोच्नु पर्नेमा जोड दिए । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा झन्डै एक दर्जन प्यानलगत छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौती, एआईको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ ।

फेस्टिबलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्