Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो?

१८ मंसिर २०८१, मंगलवार ०४:३१

काठमाडौं। नेपाल टेलिकमले बजारमा रिचार्ज कार्ड अभाव भएको विषयमा बोलेको छ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसक्दा टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेको दाबी गरेको छ।

हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भइसकेको टेलिकमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।साथै केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको समेत टेलिकमले स्पष्ट पारेको छ।

रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल, डिजिटल वालेट प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्