Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि

२० मंसिर २०८१, बिहीबार १४:४९

काठमाडौँ। चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एस युभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।

थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभी हरूमा सबैभन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभीको जित हासिल गर्न सफल भएको बताएको छ।

थाईल्यान्डको अटो मोबाइलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरू नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्याङ्कलाई आधार मानिएको बताएको छ।

कम्पनीका अनुसार नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमी सम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमीको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्