Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा

२१ मंसिर २०८१, शुक्रबार ११:०४

२१ मंसिर, काठमाडौं। सेन्सेईले अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार सेन्सेईको यस वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी पावर सिस्टम प्रविधि, ऊर्जा बचत गर्न इन्भर्टर, १० वर्षको वारेन्टी, कपडाको दाग हटाउन स्टेन ट्रिटमेन्ट, १५ मिनेटको वासिङ फिचर र ८ किलोको क्षमताजस्ता विशेषता छ ।

वासिङ मेसिनमा पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि जडान गरिएको छ । बीएलडीसी इन्भर्टर मोटर भएकाले यसले ऊर्जा बचत गर्नुका साथै १० वर्षको वारेन्टी पनि उपलब्ध गराइएको छ । यस मेसिनमा स्टेन ट्रिटमेन्ट प्रविधि रहेकाले लुगा धुँदा गहिरो दागसमेत सजिलै हटाउन सकिन्छ ।

यो वासिङ मेसिनमा लुगा धुँदा केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर रहेको छ भने यो मेसिन ८ किलो क्षमताको भएको हुनाले ठूलो परिवारका लागि समेत उपयुक्त रहेको कम्पनीले बताएको छ । सेन्सेई वासिङ मेसिनले केवल कपडा मात्र होइन, समय र ऊर्जासमेत बचत गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

सीजी इलेक्ट्रोनिक्सले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्डका सामान बिक्रीवितरण गर्दै आइरहेको छ । सीजी इलेक्ट्रोनिक्सले वासिङ मेसिनका साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रिज़र, सोकेस, कुलर, टीभी, फ्रिजहरू पनि नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्