Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा

२१ मंसिर २०८१, शुक्रबार ११:०४

२१ मंसिर, काठमाडौं। सेन्सेईले अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार सेन्सेईको यस वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी पावर सिस्टम प्रविधि, ऊर्जा बचत गर्न इन्भर्टर, १० वर्षको वारेन्टी, कपडाको दाग हटाउन स्टेन ट्रिटमेन्ट, १५ मिनेटको वासिङ फिचर र ८ किलोको क्षमताजस्ता विशेषता छ ।

वासिङ मेसिनमा पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि जडान गरिएको छ । बीएलडीसी इन्भर्टर मोटर भएकाले यसले ऊर्जा बचत गर्नुका साथै १० वर्षको वारेन्टी पनि उपलब्ध गराइएको छ । यस मेसिनमा स्टेन ट्रिटमेन्ट प्रविधि रहेकाले लुगा धुँदा गहिरो दागसमेत सजिलै हटाउन सकिन्छ ।

यो वासिङ मेसिनमा लुगा धुँदा केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर रहेको छ भने यो मेसिन ८ किलो क्षमताको भएको हुनाले ठूलो परिवारका लागि समेत उपयुक्त रहेको कम्पनीले बताएको छ । सेन्सेई वासिङ मेसिनले केवल कपडा मात्र होइन, समय र ऊर्जासमेत बचत गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

सीजी इलेक्ट्रोनिक्सले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्डका सामान बिक्रीवितरण गर्दै आइरहेको छ । सीजी इलेक्ट्रोनिक्सले वासिङ मेसिनका साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रिज़र, सोकेस, कुलर, टीभी, फ्रिजहरू पनि नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्