Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’

२१ मंसिर २०८१, शुक्रबार ११:३०

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा हालै लन्च भएको हुन्डाईको प्रिमियम एसयुभी सन्ता–फेले ‘कार अफ दि इयर २०२५’ अवार्ड पाएको छ ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

कारवाओ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।

कार वाउले प्रदान गरेको उक्त अवार्डका साथ सन्ता–फेले अनलाइन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ । कार वाउले हुन्डाईकै अर्को विद्युतीय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मान गरेको छ । यस्तै यसको ब्रान्डको समग्र गुणस्तरलाई मध्यनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्