Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’

२१ मंसिर २०८१, शुक्रबार ११:३०

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा हालै लन्च भएको हुन्डाईको प्रिमियम एसयुभी सन्ता–फेले ‘कार अफ दि इयर २०२५’ अवार्ड पाएको छ ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

कारवाओ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।

कार वाउले प्रदान गरेको उक्त अवार्डका साथ सन्ता–फेले अनलाइन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ । कार वाउले हुन्डाईकै अर्को विद्युतीय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मान गरेको छ । यस्तै यसको ब्रान्डको समग्र गुणस्तरलाई मध्यनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्