Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप

२५ मंसिर २०८१, मंगलवार १५:१०

काठमाडौँ। गुगलले कम्प्युटिङ क्षेत्रमा हलचल मच्चाउने र अभूतपूर्व मानिएको क्वान्टम कम्प्युटिङ चिप ‘विलो’ सार्वजनिक गरेको छ ।

यो चिपले विश्वका सबैभन्दा छिटो सुपर कम्प्युटरले १० सेप्टिलियन अर्थात् १०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्षमा मात्र हल गर्न सक्ने अत्यन्तै जटिल समस्या पाँच मिनेटमै समाधान गर्न सक्ने क्षमता राख्छ ।

पार्टिकल फिजिक्सका सिद्धान्तहरू प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ। गुगलले यसको नाम राखेको छ – विलो । गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ। यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्याहरू समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर निर्माण गर्न अझै वर्षौँ बाँकी रहेको विज्ञहरू बताउँछन्।

प्रविधिमा आधारित जीवनशैलीको विस्तार द्रुतगतिमा भइरहँदा क्वान्टम कम्प्युटिङको प्रयोगको सम्भावना पनि व्यापक बन्दै गएको छ । यो प्रविधिले विभिन्न जटिल रोगको औषधिसम्बन्धी प्रयोग र खोजका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र तथ्यांकको व्यवस्थापनमार्फत व्यापक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

साथै, यसले प्रभावकारी औषधि र थेरापीहरूको डिजाइनलाई सहज बनाउन सक्छ, जसका लागि अहिलेको प्रविधिमा वर्षौं र दशकौं लाग्ने गरेको छ। यसले आणविक लगायत अन्य ऊर्जा-मितव्ययी र प्रभावकारी ब्याट्री र प्रविधिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्