Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक

२५ मंसिर २०८१, मंगलवार १५:१३

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘लोड, पे, विन !’ नामक योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।

मङ्सिर २० गते देखि पौष २० गते सम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरूले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु. १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधि भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरूले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन्।

यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले कम्तीमा रु. १००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ। बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम रु. १०,००० सम्म प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्