Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा आयो टाटा म्याजिक बीएस–६

२५ मंसिर २०८१, मंगलवार १५:१९

काठमाडौं। टाटा म्याजिक बीएस सिक्स नेपालमा सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका निम्ति अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित टाटा म्याजिक बीएस–६ नेपालमा सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बीएस–६ प्रविधिको टाटा म्याजिक सार्वजनिक गरिएको हो ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बिएस२ संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि बिएस३, बिएस४ हुँदै आज बिएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ।

हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्। टाटा म्याजिक बिएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वाश कम्पनीले राखेको छ।

यस्ता छन् टाटा म्याजिक बिएस६ का विशेषताहरूः

इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन
शक्तिः ३० एच पी
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पिड गियर
पाङ्ग्राः १३ इन्च टायर
सुविधाहरूः डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इसिओ स्विच, एबिएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार सुविधाः चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

प्रतिक्रिया दिनुहोस्