Trending
एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |     महिला पर्यटन उद्यमीको रूपमा कमला गिरी सम्मानित     |     यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)     |     डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट     |     स्याउसहितका २३ ट्रक कर्णाली राजमार्गमै अलपत्र     |     सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो     |    
विज्ञान र प्रविधि

नेपालमा आयो टाटा म्याजिक बीएस–६

२५ मंसिर २०८१, मंगलवार १५:१९

काठमाडौं। टाटा म्याजिक बीएस सिक्स नेपालमा सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका निम्ति अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित टाटा म्याजिक बीएस–६ नेपालमा सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बीएस–६ प्रविधिको टाटा म्याजिक सार्वजनिक गरिएको हो ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बिएस२ संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि बिएस३, बिएस४ हुँदै आज बिएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ।

हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्। टाटा म्याजिक बिएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वाश कम्पनीले राखेको छ।

यस्ता छन् टाटा म्याजिक बिएस६ का विशेषताहरूः

इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन
शक्तिः ३० एच पी
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पिड गियर
पाङ्ग्राः १३ इन्च टायर
सुविधाहरूः डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इसिओ स्विच, एबिएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार सुविधाः चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

प्रतिक्रिया दिनुहोस्