Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने

२८ मंसिर २०८१, शुक्रबार १५:२१

काठमाडौं। चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने भएको छ । चिनियाँ मिडियाबाट कम्पनीको उत्पादन बन्द भयो भन्ने समाचार प्रति खण्डन गर्दै आफ्नो उत्पादन निरन्तर कायम रहेको जानकारी दिँदै विज्ञप्ति निकालेका हो ।

कम्पनी प्रति लागेको नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको उक्त वज्ञप्ति उल्लेख छ । डेयुन समूहले चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो ।

६ वटा उत्पादन केन्द्र र १० लाख ८७ हजार गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभव छ । कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाली बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्