Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट

३ पुष २०८१, बुधबार ११:५०

३ पुस, काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आइएल्ट्स टेस्टको शुल्क भुक्तानीमा दुई हजार रुपैयाँ छुट दिने भएको छ।

सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्द्धन गर्नका लागि आइएमई पेले आइइएलटिएस टेस्ट शुल्कमा फ्ल्याट दुई हजार क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुविधा निरन्तर चलिरहने छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइइएलटिएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । प्रयोगकर्ताहरूले आइइएलटिएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट आइइएलटिएस युकेभिआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१–ए२–बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्