Trending
जापानकी पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी रूढीवादी नेत्री साने ताकाइची     |     ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला     |     बालुवाटारमा सर्वदलीय बैठक जारी     |     विपीन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए     |     विपीनको राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा अन्त्येष्टि     |     कारको ठक्करबाट स्कुटर चालकको मृत्यु     |     ‘जेरी अन टप’ ले तीन दिनमा कति कमायो?     |     नर्सहरूको आन्दोलनमा ‘मायाको पहिचान नेपाल’को ऐक्यबद्धता     |     पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत     |     हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित     |    
विज्ञान र प्रविधि

टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह

३ पुष २०८१, बुधबार १५:२९

काठमाडौँ। ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।

-नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो ।

‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक्ता हरि ढकालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्