Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग

४ पुष २०८१, बिहीबार १४:३६

काठमाडौं। ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूव्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे। साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे ।

वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सी.टी.ई.भी.टी. बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्