Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

५ पुष २०८१, शुक्रबार १५:२१

काठमाडौ‌। काठमाडौं जिल्ला अदालतले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनविरुद्ध एक निजी कम्पनीले लगाएको आरोपमा सफाई दिएको छ।

न्यायाधीश खिमानन्द भुसालको एकल इजलासको कार्तिक ६ मा सुन्दर ग्रुप अफ कम्पनीजको दाबी नपुगेको भन्दै जेनेस सलुशनलाई सफाइ दिएको हो।

जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट गरेकोमा अनधिकृत रूपमा वेभ होस्टमा प्रवेश गरेर कम्पनी र कम्पनीका ग्राहकको सबै डेटाहरू नष्ट गरेको दाबी गर्दै अदालतमा मुद्दा दायर भएको थियो।

सुन्दर ग्रुपले मेटाइएको आफ्ना डेटाहरू माग्दा नदिएको भन्दै सो डेटा मेटाउँदा कम्पनीलाई ठुलो आर्थिक क्षति भएको र सो डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको थियो।

ब्युरोले गरेको अनुसन्धानमा अमेजन वेभ सर्भिसबाट प्राप्त विवरण लगायतको अध्ययनबाट जेनेस सोलुसनको आइडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको भन्दै अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सिइओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्