Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

५ पुष २०८१, शुक्रबार १५:२१

काठमाडौ‌। काठमाडौं जिल्ला अदालतले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनविरुद्ध एक निजी कम्पनीले लगाएको आरोपमा सफाई दिएको छ।

न्यायाधीश खिमानन्द भुसालको एकल इजलासको कार्तिक ६ मा सुन्दर ग्रुप अफ कम्पनीजको दाबी नपुगेको भन्दै जेनेस सलुशनलाई सफाइ दिएको हो।

जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट गरेकोमा अनधिकृत रूपमा वेभ होस्टमा प्रवेश गरेर कम्पनी र कम्पनीका ग्राहकको सबै डेटाहरू नष्ट गरेको दाबी गर्दै अदालतमा मुद्दा दायर भएको थियो।

सुन्दर ग्रुपले मेटाइएको आफ्ना डेटाहरू माग्दा नदिएको भन्दै सो डेटा मेटाउँदा कम्पनीलाई ठुलो आर्थिक क्षति भएको र सो डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको थियो।

ब्युरोले गरेको अनुसन्धानमा अमेजन वेभ सर्भिसबाट प्राप्त विवरण लगायतको अध्ययनबाट जेनेस सोलुसनको आइडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको भन्दै अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सिइओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्