Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न

७ पुष २०८१, आईतवार १५:४७

काठमाडौँ। काठमाडौँको तिनकुने गैरिगाँऊस्थित आइएसएमटी कलेजले ‘आइएसएमटी एक्स्पो’ मा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोबट, गेमिङ, लाइ डिटेक्टर, फ्री डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी सम्पन्न भएको छ ।

विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न आइएसएमटी एक्पो आयोजना गरिएको कलेजले जनाएको छ ।

उक्त Expo मा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूले अवलोकन गरेका थिए । उनीहरूले विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुका साथै उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चार हजार भन्दा बढी व्यक्तिहरूले अवलोकन गरेका थिए । आइएसएमटीले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (बिजिनेस एण्ड म्यानेजमेन्ट), बिएचएम, बीएससी आइटी (सीएसइ), बीएस्सी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्