Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न

७ पुष २०८१, आईतवार १५:४७

काठमाडौँ। काठमाडौँको तिनकुने गैरिगाँऊस्थित आइएसएमटी कलेजले ‘आइएसएमटी एक्स्पो’ मा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोबट, गेमिङ, लाइ डिटेक्टर, फ्री डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी सम्पन्न भएको छ ।

विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न आइएसएमटी एक्पो आयोजना गरिएको कलेजले जनाएको छ ।

उक्त Expo मा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूले अवलोकन गरेका थिए । उनीहरूले विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुका साथै उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चार हजार भन्दा बढी व्यक्तिहरूले अवलोकन गरेका थिए । आइएसएमटीले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (बिजिनेस एण्ड म्यानेजमेन्ट), बिएचएम, बीएससी आइटी (सीएसइ), बीएस्सी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्