Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ

७ पुष २०८१, आईतवार १५:४९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।

आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उनले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उनले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए ।

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताए । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।

आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उनले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उनले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए ।

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताए । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्