Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ

७ पुष २०८१, आईतवार १५:४९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।

आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उनले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उनले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए ।

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताए । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरूको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।

आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उनले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उनले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राखे । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिए ।

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताए । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाए।

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्