Trending
एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |     महिला पर्यटन उद्यमीको रूपमा कमला गिरी सम्मानित     |     यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)     |     डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट     |     स्याउसहितका २३ ट्रक कर्णाली राजमार्गमै अलपत्र     |     सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो     |    
विज्ञान र प्रविधि

क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४

१० पुष २०८१, बुधबार ०६:२०

काठमाडौं। क्रिमसन टेक प्रालि इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । इनड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो ।

आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इनड्राइभले जनाएको छ । आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।

इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं साथै हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२४ को विजेता “क्रिमसन टेक प्रालि” लाई पनि हार्दिक बधाई दिन चाहन्छौं ।”

आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ । इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्