Trending
सीजीईजीको १०औं वार्षिकोत्सव सम्पन्न     |     झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते     |     वागमती प्रदेश लिगको उपाधि चितलाङ्गलाई     |     धरानमा अन्तर विद्यालय टेबलटेनिस सम्पन्न     |     मेयर कप भेट्रान फुटबल भोलिदेखि     |     राखेपका नवनियुक्त सदस्यको स्वागत     |     पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते     |     नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा     |     एमाले केन्द्रिय कमिटी बैठक जारी     |     ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु     |    
विज्ञान र प्रविधि

एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी

१९ पुष २०८१, शुक्रबार १५:४९

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

ह्याकरले ब्यांकिङ प्रणालीमा अनाधिकृत पहुँच बनाएर एफ-वान सफ्टको खाताबाट रकम चोरिएको हो। दरबारमार्गस्थित सिटिजन ब्यांकमा खोलिएको एफ-वान सफ्टको खातामा रहेको रकम ब्यांकको ‘डिजिटल सिस्टम’सम्म अनाधिकृत पहुँच बनाएर चोरी भएको पाइएको छ। स्मरणीय रहोस्, सिटिजन ब्यांकको ‘सफ्टवेयर’ सफ्ट वान कम्पनीले नै बनाएको हो।

गत असोज १५ देखि १८ गतेको बीचमा यो रकम चोरिएको भन्दै एफ-वान सफ्टले नेपाल प्रहरीको साइबर ब्युरोमा असोज २० गते जाहेरी दिएको थियो। घटनामा संलग्न नौ जनालाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अझै १५ जना फरार नै छन्।

पक्राउ परेका र फरार सबै जना ह्याकरले चोरिएको रकम लैजान प्रयोग गरिएका ब्यांक खातावाला मात्रै छन्। ह्याकरसम्म पुग्न भने सकेको छैन। “दोस्रो तहमा ५०० वटा ब्यांक खाता एवं डिजिटल वालेट प्रयोग भएको अनुसन्धानबाट खुलेको छ,” साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपकप्रसाद अवस्थी भन्छन्, “तर ती खाताबाट कहाँ रकम गयो भनेर हामीले अझै केलाउन सकेका छैनौं।” यसलाई ब्युरोले डरलाग्दो ह्याकिङ मानेको पनि एसपी अवस्थी बताउँछन्।

चोरिएको रकम दोस्रो तहमा प्रयोग भएका ब्यांक खाता एवं वालेटमा रकमान्तर भएको खुले पनि उक्त पैसा ती खातामै रहेको वा अन्यत्र पुगिसक्यो भन्ने प्रहरीले खुलाउन सकेको छैन। यद्यपि त्यसरी प्रयोग भएका खाता रोक्का भने गरिएको अदालतमा दायर अभियोग पत्रमा छ।

पक्राउ परेका र फरारमध्ये अधिकांश १९ देखि २४ वर्ष उमेरका छन्। दुई जना मात्रै त्यसभन्दा बढी उमेरका छन्। पक्राउ परेकामध्ये अधिकांशले आफ्नो टेलिग्राम एकाउन्टमा ‘घरमै बसीबसी पैसा कमाऔँ’ भन्ने आशयको सन्देश आएपछि त्यहाँ जोडिएको र त्यसपछि ब्यांक खाता मागेर त्यसमा रकम आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्