Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस

१९ कार्तिक २०८२, मंगलवार २१:४७

सल्यान। उच्च ज्वरोका कारण सल्यानको दार्मा गाउँपालिकामा पछिल्ला दुई सातामा चार महिलाको मृत्यु भएको छ।

दार्मा गाउँपालिकाका ३५ देखि ५५ वर्ष उमेर समूहका ती महिलाहरूको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए। लगातार उच्च ज्वरो आएपछि उनीहरूलाई नेपालगञ्ज लगिएको थियो।

ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, दार्मा गाउँपालिका र स्थानीय जेनजी समूहको संयुक्त आयोजनामा वडा नं. ३ र ५ मा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा गरिएको परीक्षणमा ५१ जनामा स्क्रबटाइफस र दुई जनामा डेंगी संक्रमण पुष्टि भएको छ। दुई वडाका १२८ जनामध्ये ५१ मा स्क्रबटाइफस भेटिएको र दुई दिनमा कुल ४१२ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरका अनुसार पछिल्ला तीन महिनामा दार्मा, बागचौर र छत्रेश्वरी क्षेत्रका १ सय १ जनामा स्क्रबटाइफस देखिएको छ। अहिलेसम्म उच्च ज्वरोका कारण पाँच महिला र एक पुरुष गरी छ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्