Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ

१९ कार्तिक २०८२, मंगलवार २१:४०

सुर्खेत — सुर्खेत प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार वीरेन्द्रनगरका विभिन्न स्थानबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १ लाख १ हजार ३३० रुपैयाँ नगद र अन्य सामग्री बरामद गरिएको हो।

प्रहरीले वीरेन्द्रनगर–५ का २८ वर्षीय हिमाल आलेलाई शंकास्पद अवस्थामा पक्राउ गरी उनका होटलको शौचालयको भेन्टिलेसनमा लुकाइएको ११.४ ग्राम ब्राउनसुगर फेला पारेको थियो।

त्यस घटनासँग सम्बन्धित मुलपानीका २६ वर्षीय सरोज ढकाललाई पनि पक्राउ गरिएको छ। उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, वीरेन्द्रनगर–१ मा गोप्य सूचनाका आधारमा ४७ वर्षीय म. गुरुङलाई नियन्त्रणमा लिँदा उनको शरीरमा ३.१८ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार तीनै जनामाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्