Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक

२२ पुष २०८१, सोमबार ०२:११

काठमाडौं। सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक गरेको छ ।

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको नयाँ बिस्पोक वासिङ मेसिन सार्वजनिक गरेको हो ।

उक्त मेसिनमा स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने विशेषताले लुगा धुन सहज बनाउने कम्पनीले जनाएको छ । यसमा इनोभेटिभ डिजाइन, सजिलो इन्टरफेस र ६०० एमएम स्पेससमेत छ ।

सामसङको यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीले बताएको छ । एकको मूल्य १ लाख १४ हजार ९९० र अर्को मोडलको मूल्य १ लाख २० हजार ९९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्