Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक

२२ पुष २०८१, सोमबार ०२:११

काठमाडौं। सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक गरेको छ ।

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको नयाँ बिस्पोक वासिङ मेसिन सार्वजनिक गरेको हो ।

उक्त मेसिनमा स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने विशेषताले लुगा धुन सहज बनाउने कम्पनीले जनाएको छ । यसमा इनोभेटिभ डिजाइन, सजिलो इन्टरफेस र ६०० एमएम स्पेससमेत छ ।

सामसङको यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीले बताएको छ । एकको मूल्य १ लाख १४ हजार ९९० र अर्को मोडलको मूल्य १ लाख २० हजार ९९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्