Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
विज्ञान र प्रविधि

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

२२ पुष २०८१, सोमबार ०२:१५

एजेन्सी। सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन एकाइ निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ ।

ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भन्नुभयो, “ऊर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।” सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ ।

कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ । इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति-गहन क्षेत्रहरुद्वारा सञ्चालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ ।

सहर–राज्यको बिजुली प्रणालीमा चरम माग आगामी छ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशत सम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बिचमा पुग्ने प्रक्षेपण गरिएको छ । प्यासिफिकलाइट पावर हाइड्रोजन-तयार उत्पादन एकाइ विकास गर्न पेस गरिएका छ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्