Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
कला र मनोरन्जन

गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट

३ माघ २०८१, बिहीबार १२:१६

काठमाडौँ। गायिका मेलिना राईले इंगेजमेन्ट गरेकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरकी हुन् । उनीहरूको सार्वजनिक भएको इंगेजमेन्टको फोटोमा मेलिना परम्परागत पहिरनमा छिन् ।

भोलि उनीहरूको विवाह हुने बताइएको छ । उनले लमजुङका डा ध्रुव गुरुङसँग विवाह गर्न लागेकी हुन् । फहालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले राई जाती पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ । गुरुङ पेशाले चिकित्सक हुन् ।

युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारदेखि सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्