Trending
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |    
कला र मनोरन्जन

‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक

४ माघ २०८१, शुक्रबार ०९:५७

 काठमाडौं। फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल-३’को पहिलो गीत ‘टिक टिक’ सार्वजनिक भएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सन्तोष राणाले र्‍यापमा स्वर दिएका छन् ।

‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक,’ यस गीतले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडिओमा चार अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन्। प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन्।

‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् । स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको बताइएको छ।

चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्