Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
विज्ञान र प्रविधि

सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ?

११ माघ २०८१, शुक्रबार ०३:०३

काठमाडौँ। दक्षिण कोरियाली कम्पनी सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज भारतीय बजारमा सार्वजनिक भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार एस–२५ सिरिज बुधबार सार्वजनिक भएको हो।

उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन्। ती ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा हुन्। यो फोन हातमा सजिलै बोक्न सक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै एचडी क्यामेरा जडान गरिएको छ। उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन् । ती हुन् – ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा ।

एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २ एक्स स्क्रिन हुने छ । त्यस्तै, क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ । सामसङ ग्यालेक्सी एस–२५ ग्राहकले १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । फोनको मूल्य क्रमशः ८४ हजार ९ सय ९९ भारू र ९४ हजार ९ सय ९९ भारू तोकिएको छ ।

एस–२५ प्लस उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । यसको मूल्य क्रमशः एक लाख ४ हजार ९ सय ९९ भारू र एक लाख १४ हजार ९ सय ९९ भारू तोकिएको छ । एस–२५ अल्ट्राको मूल्य भारतीय बजारमा एक लाख ५१ हजार ९ सय ९९ भारु पर्नेछ । यो फोन उपभोक्ताले १२ जिबी र्‍याम/५१२ जिबी स्टोरेजमा पाउनेछन् ।

यस सिरिजको सुरुवाती मूल्य ८०० अमेरिकी डलर रहेको छ । यी सबै फोन सात वर्षको सफ्टवेयर अपडेटसहित आएका छन् । सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा ६ दशमलव ९ इञ्चको क्यूएचडी प्लस डायनामिक एमोलेट टूएक्स डिस्प्ले जडान गरिएको छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनमा स्न्यापड्र्यागक ८ एलाइट चिप राखिएको छ ।

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा क्वाड क्यामेरा सेटअप लेन्स छ । यसको प्रायमरी क्यामेरा २०० मेगापिक्सेलको छ । यसबाहेक, फोनमा ५० एमपी अल्ट्रा–वाइड लेन्स प्रदान गरिएको छ । ५० मेगापिक्सेल १०एक्स टेलिफोटो क्यामेरा र १० मेगापिक्सेल लेन्स पनि यसमा छ ।

प्रतिक्रिया दिनुहोस्