Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ?

११ माघ २०८१, शुक्रबार ०३:०३

काठमाडौँ। दक्षिण कोरियाली कम्पनी सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज भारतीय बजारमा सार्वजनिक भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार एस–२५ सिरिज बुधबार सार्वजनिक भएको हो।

उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन्। ती ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा हुन्। यो फोन हातमा सजिलै बोक्न सक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै एचडी क्यामेरा जडान गरिएको छ। उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन् । ती हुन् – ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा ।

एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २ एक्स स्क्रिन हुने छ । त्यस्तै, क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ । सामसङ ग्यालेक्सी एस–२५ ग्राहकले १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । फोनको मूल्य क्रमशः ८४ हजार ९ सय ९९ भारू र ९४ हजार ९ सय ९९ भारू तोकिएको छ ।

एस–२५ प्लस उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । यसको मूल्य क्रमशः एक लाख ४ हजार ९ सय ९९ भारू र एक लाख १४ हजार ९ सय ९९ भारू तोकिएको छ । एस–२५ अल्ट्राको मूल्य भारतीय बजारमा एक लाख ५१ हजार ९ सय ९९ भारु पर्नेछ । यो फोन उपभोक्ताले १२ जिबी र्‍याम/५१२ जिबी स्टोरेजमा पाउनेछन् ।

यस सिरिजको सुरुवाती मूल्य ८०० अमेरिकी डलर रहेको छ । यी सबै फोन सात वर्षको सफ्टवेयर अपडेटसहित आएका छन् । सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा ६ दशमलव ९ इञ्चको क्यूएचडी प्लस डायनामिक एमोलेट टूएक्स डिस्प्ले जडान गरिएको छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनमा स्न्यापड्र्यागक ८ एलाइट चिप राखिएको छ ।

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा क्वाड क्यामेरा सेटअप लेन्स छ । यसको प्रायमरी क्यामेरा २०० मेगापिक्सेलको छ । यसबाहेक, फोनमा ५० एमपी अल्ट्रा–वाइड लेन्स प्रदान गरिएको छ । ५० मेगापिक्सेल १०एक्स टेलिफोटो क्यामेरा र १० मेगापिक्सेल लेन्स पनि यसमा छ ।

प्रतिक्रिया दिनुहोस्