Trending
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |    
कला र मनोरन्जन

“टिका थापा बी.के” को निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

११ माघ २०८१, शुक्रबार ०८:५७

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “टिका थापा बी.के” को निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोले दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ।

गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छिन्। भिडियोको कोरियोग्राफी प्रविण थापाले गरेका छन्। यस म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय रहेको छ।

सिनेमाटोग्राफीको जिम्मेवारी उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् भने भिडियो सम्पादन तथा रंग संयोजन मिन रावलले गरेका छन्। पोस्ट प्रोडक्सनको काम आराब प्रोडक्सनले गरेको हो।

गीतमा प्रताप दास र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्द निरज जङ्ग गहतराजले लेखेका हुन् भने संगीत दिपक शर्माले सिर्जना गरेका छन्। संगीत एरेञ्जरको रूपमा पुरुषोत्तम सुवेदीले योगदान दिएका छन्। मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिस्ट समीर कार्की रहेका छन्।

सारा इन्टरनेटमेन्टको निर्माण तथा सार्वजनिक गरिएको यस म्युजिक भिडियो दर्शकहरूले युट्युबमा हेर्न सक्नेछन्।

गीतले दर्शक तथा श्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

हेर्नुहोस् भिडियो: 

 

प्रतिक्रिया दिनुहोस्