Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा

१२ माघ २०८१, शनिबार ११:१९

काठमाडौँ। भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ।

२०२४ नोभेम्बरमा म्यानु‌फ्‌याचरिङ गरिएको सो क्यामरा निकोन एम.ई. ए का बिक्री तथा माक्रेटिङका क्षेत्रीय प्रमुख नरेन्द्र मेनन र निकोन एक्सपेरिएन्स हब, नेपालका प्रमुख लगायत विभिन्न फोटोग्राफर, भ्लगर र कन्टेट क्रियटरहरुको उपस्थितिमा शुक्रवार सार्वजनिक गरिएको हो ।

निकोनको फ्याक्सीड क्यामरा ९५ लाख भन्दा बढी मूल्य पार्ने क्यामरा० मा रहेको विशेषताहरू यस क्यामरामा रहेको कम्पनीको भनाई छ ।

 क्यामरा विशेषताहरु

फोटो र भिडियो दुवै खिँच्नका उपयुक्त रहेको छ
सो क्यामराको अटोफोकस, भिडियो फिचर्स, अर्टीकुलेट एलसिडि सँगै मोबाईल फोनमा सिधै जोडेर वेब क्यामराको रूपमा पनि प्रयोग गर्न सकिने जस्ता विशेषता रहेको छ ।
सो क्यामराको मूल्य नेपाली बजार लेन्ससँग (जेड ५० टु र १६–५० एमएम) गरि १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्