Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा

१२ माघ २०८१, शनिबार ११:१९

काठमाडौँ। भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ।

२०२४ नोभेम्बरमा म्यानु‌फ्‌याचरिङ गरिएको सो क्यामरा निकोन एम.ई. ए का बिक्री तथा माक्रेटिङका क्षेत्रीय प्रमुख नरेन्द्र मेनन र निकोन एक्सपेरिएन्स हब, नेपालका प्रमुख लगायत विभिन्न फोटोग्राफर, भ्लगर र कन्टेट क्रियटरहरुको उपस्थितिमा शुक्रवार सार्वजनिक गरिएको हो ।

निकोनको फ्याक्सीड क्यामरा ९५ लाख भन्दा बढी मूल्य पार्ने क्यामरा० मा रहेको विशेषताहरू यस क्यामरामा रहेको कम्पनीको भनाई छ ।

 क्यामरा विशेषताहरु

फोटो र भिडियो दुवै खिँच्नका उपयुक्त रहेको छ
सो क्यामराको अटोफोकस, भिडियो फिचर्स, अर्टीकुलेट एलसिडि सँगै मोबाईल फोनमा सिधै जोडेर वेब क्यामराको रूपमा पनि प्रयोग गर्न सकिने जस्ता विशेषता रहेको छ ।
सो क्यामराको मूल्य नेपाली बजार लेन्ससँग (जेड ५० टु र १६–५० एमएम) गरि १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्