Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

१४ माघ २०८१, सोमबार १०:२१

काठमाडौँ। सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ ।

चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको कम्पनीले जनाएको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ ।

आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको रु ६९ लाख ९९ हजार राखेको छ। आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्