Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

१४ माघ २०८१, सोमबार १०:२१

काठमाडौँ। सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ ।

चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको कम्पनीले जनाएको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ ।

आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको रु ६९ लाख ९९ हजार राखेको छ। आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्