Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित

१६ माघ २०८१, बुधबार ०५:२६

काठमाडौं। अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले चीनको चर्चित एआई च्याटबट डीपसीकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन् ।

कम लागतको एआई बटको सुरुवातपछि अमेरिकी सेयर बजारमा धेरै ठूला टेक कम्पनीको सेयर मूल्य घटेको छ। सबैभन्दा ठूलो धक्का विशाल चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ।

कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यसले ५०० अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ। डिपसिकको सुरुवातले अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानमा पनि सेयर बजारमा गिरावट आएको छ। गत हप्ता लन्च गरिएको डिपसिक अब च्याट जीपीटीलाई उछिन्दै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ।

हुसिकले चिनियाँ कम्पनीहरू प्रयोगकर्ता गोपनीयता र डाटा व्यवस्थापनको मामिलामा पश्चिमी प्रतिस्पर्धीहरूभन्दा कहिलेकाहीँ फरक हुने बताए ।

“चिनियाँहरू धेरै राम्रोसँग काम गर्ने उत्पादनहरू विकास गर्न सक्षम छन् । त्यो बजार उनीहरूको डाटा र गोपनीयता सम्बन्धी दृष्टिकोणसँग परिचित छ”, उनले भने, “जब तपाईं यसलाई त्यस्ता बजारहरूमा निर्यात गर्नुहुन्छ, जहाँ उपभोक्ताहरूको गोपनीयता र डाटा व्यवस्थापनबारे फरक अपेक्षाहरू छन्, प्रश्न यो हो कि ती उत्पादनहरूलाई उस्तै तरिकाले स्वीकार गरिने छ कि छैन, म सोच्छु तपाईं सावधान हुनुपर्छ, म यसबारे पूर्ण रूपमा स्पष्ट र प्रत्यक्ष भइरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्