Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
विज्ञान र प्रविधि

चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित

१६ माघ २०८१, बुधबार ०५:२६

काठमाडौं। अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले चीनको चर्चित एआई च्याटबट डीपसीकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन् ।

कम लागतको एआई बटको सुरुवातपछि अमेरिकी सेयर बजारमा धेरै ठूला टेक कम्पनीको सेयर मूल्य घटेको छ। सबैभन्दा ठूलो धक्का विशाल चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ।

कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यसले ५०० अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ। डिपसिकको सुरुवातले अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानमा पनि सेयर बजारमा गिरावट आएको छ। गत हप्ता लन्च गरिएको डिपसिक अब च्याट जीपीटीलाई उछिन्दै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ।

हुसिकले चिनियाँ कम्पनीहरू प्रयोगकर्ता गोपनीयता र डाटा व्यवस्थापनको मामिलामा पश्चिमी प्रतिस्पर्धीहरूभन्दा कहिलेकाहीँ फरक हुने बताए ।

“चिनियाँहरू धेरै राम्रोसँग काम गर्ने उत्पादनहरू विकास गर्न सक्षम छन् । त्यो बजार उनीहरूको डाटा र गोपनीयता सम्बन्धी दृष्टिकोणसँग परिचित छ”, उनले भने, “जब तपाईं यसलाई त्यस्ता बजारहरूमा निर्यात गर्नुहुन्छ, जहाँ उपभोक्ताहरूको गोपनीयता र डाटा व्यवस्थापनबारे फरक अपेक्षाहरू छन्, प्रश्न यो हो कि ती उत्पादनहरूलाई उस्तै तरिकाले स्वीकार गरिने छ कि छैन, म सोच्छु तपाईं सावधान हुनुपर्छ, म यसबारे पूर्ण रूपमा स्पष्ट र प्रत्यक्ष भइरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्