Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

सामसङले घटायो ग्यालेक्सी ‘एस २४ अल्ट्रा’ यस्तो छ नयाँ मूल्यसूची

१६ माघ २०८१, बुधबार ०५:३१

काठमाडौँ। सन् २०२५ को भ्यालेन्टाइन सिजनमा सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्यमा छुटका साथै बोनस फ्री गिफ्टको अफर ल्याएको छ ।

कम्पनीले सन् २०२५ को भ्यालेन्टाइन सिजनमा ग्राहकसँग माया बाँड्न मूल्य घटाएको बताएको छ। जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबी) गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकहरूले सो खरिदमा २५ हजार रूपैयाँसम्मको बचत गर्न सक्नेछन्।

साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा पाँच हजार ४९९ रूपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा पाँच ४९९ रूपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सक्ने कमपनीको भनाइ छ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआईमा प्राप्त गर्न सकिनेछ।इएमआईमा यो स्मार्टफोन किन्नका लागि नागरिकता मात्र भए हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्