Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सामसङले घटायो ग्यालेक्सी ‘एस २४ अल्ट्रा’ यस्तो छ नयाँ मूल्यसूची

१६ माघ २०८१, बुधबार ०५:३१

काठमाडौँ। सन् २०२५ को भ्यालेन्टाइन सिजनमा सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्यमा छुटका साथै बोनस फ्री गिफ्टको अफर ल्याएको छ ।

कम्पनीले सन् २०२५ को भ्यालेन्टाइन सिजनमा ग्राहकसँग माया बाँड्न मूल्य घटाएको बताएको छ। जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबी) गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकहरूले सो खरिदमा २५ हजार रूपैयाँसम्मको बचत गर्न सक्नेछन्।

साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा पाँच हजार ४९९ रूपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा पाँच ४९९ रूपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सक्ने कमपनीको भनाइ छ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआईमा प्राप्त गर्न सकिनेछ।इएमआईमा यो स्मार्टफोन किन्नका लागि नागरिकता मात्र भए हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्