Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

२० माघ २०८१, आईतवार ११:३३

काठमाडौं। टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो ।

टाटा नेक्सन सेतो, सिल्भर, निलो, रातोे र खरानी गरी पाँच रंगमा उपलब्ध छ । यो गाडी पेट्रोलमा चारवटा भेरियन्टमा र डिजेलमा तीनवटा भेरियन्टमा उपलब्ध छ । हेग्जा र टियागोपछि टाटाले बजारमा ल्याएको नेक्सनको उत्कृष्ट पर्फर्मेन्स र स्पोर्टी लुक छ । टाटा नेक्सन ‘इम्प्याक्ट डिजाइन’मा आधारित छ । यसका साथै यसमा कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरहरु छन् ।

स्टाइलिङ डुअल कलर विकल्पमा रहेको टाटा नेक्सनमा विशेष स्टाइलले यसको बाहिरी आवरणलाई अझ बढी आकर्षक बनाएको छ । प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प, एलईडी टेल ल्याम्प र १६ इन्चको एलोई ह्विल आदि टाटा नेक्सनका मुख्य विशेषता हुन् ।

एक पटकको फुल चार्जमा ३२५ किलोमिटरको यात्रा तय गर्नसक्ने यस गाडीमा ९८ किलोवाट क्षमताको मोटर छ । ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के३मा ३६० डिग्री क्यामरा उपलब्ध छ । नेक्सन के३ डट ईभीलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । जुन गाडीको किन्दा निःशुल्क दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ३५० लिटरको बुट स्पेस दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्