Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने

२२ माघ २०८१, मंगलवार ०७:३३

२२  माघ, काठमाडौँ। नेपाल टेलिकमको ई-सिम अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

टेलिकमको २१ औं वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले ई-सिम अनलाइनमार्फत लिन सकिने जानकारी दिएकी हुन् ।

‘अहिलेसम्म ग्राहकले ई-सिम लिनका लागि काउन्टरसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकमको एप र वेबसाइटमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।’

यस प्रविधिमार्फत भाेवाईफाई सपाेर्ट गर्ने र भाेल्टे सेवा सक्रिय भएको जुनसुकै माेबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै माेबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ ।

हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजकाे भ्वाइस/एसएमएस स्राेत तथा पे एज यु गाे बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क तथा आउटगाेइङकाे ३ रूपैयाँ प्रति/मिनेट शुल्क लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्