Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक

२८ माघ २०८१, सोमबार १०:४३

काठमाडौँ। स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवलाई अझै सहज बनाउने उद्देश्यले नवीनतम फाइनान्सिङ योजना घोषणा गरेको छ।

कम्पनीले इन्टरनल कम्बस्चन इन्जिन (ICE) सवारी साधनका लागि पहिलो पटक मात्र ६.९९ प्रतिशत वार्षिक ब्याजदर मा ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार यो योजना अटोमोबाइल बजारमा किफायती स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्यसहित ल्याइएको हो। हाल नेपालमा विद्युतीय सवारी (EV) तर्फ उपभोक्ताको आकर्षण बढिरहेका बेला, स्कोडाले ICE सवारी साधनहरूको स्वामित्वलाई पनि सरल र पहुँचयोग्य बनाउने प्रयास गरेको छ। विशेष गरी, यो योजना उच्च अग्रिम भुक्तानीले प्रिमियम सवारी खरिद गर्न नसक्ने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको हो।

स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई विलासिता, सुरक्षा र विश्वसनीयता को अनुभव प्रदान गर्न वित्तीय अवरोध हटाउने योजना बनाएको छ। यो अफरले उपभोक्तालाई स्कोडाको प्रिमियम मोडेलहरूको सहज स्वामित्व सुनिश्चित गर्नेछ। चाहे राजमार्गमा आरामदायी यात्रा होस् वा सहरमा प्रिमियम ड्राइभिङ अनुभव, यो योजना उपभोक्ताहरूको सपना पूरा गर्न महत्वपूर्ण हुनेछ।

स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो सङ्ख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्